November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यानचेस्टर युनाइटेडद्धारा म्यानचेस्टर सिटीलाई दुई गोलको हार

२०७७ फाल्गुन २४

2.6K

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई दुई गोलले हराएको छ। याेसँगै सिटीको लगातार २१ खेलको जित यात्रामा विश्रामसमेत लागेको छ।

जितपछि शीर्ष स्थानको सिटीसँग युनाइटेडले अंक दुरी घटाएको छ। खेलको दोस्रो मिनेटमा नै पाएको पेनाल्टीमार्फत ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए। ५०औँ मिनेटमा लुक शोले गोल गर्दै अग्रता दोब्बर पारे।

सिटीका केही प्रयास गोलमा परिणत हुन सकेन। सिटीको लगातारको जितको यात्रामा विश्राम लाग्दा प्रिमियर लिग थप रोचक बनेको छ। अहिले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ६५ अंक रहेको छ।

Advertisement

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २८ खेलमा ५४ अंक रहेको छ। लिगमा म्यानचेस्टर युनाइटेडसँगको हारपछि पनि म्यानचेस्टर सिटीको अवस्था बलियो नै रहेको छ।