November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मेयर्स कप क्रिकेट: सन्दीपकाे ६ छक्कामा २४५ रनको लक्ष्य

२०७७ फाल्गुन २३

2.9K

काठमाडौं– काठमाडौं मेयर एघार टिमले जारी काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर एघार टिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४४ रन बनाएपछि बागमती प्रदेशले मध्यम लक्ष्य पाएको हो।

काठमाडौंका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। सन्दीपले करियरकै उच्च रन बनाए। नन्दन यादवको बलमा कप्तान ज्ञानेन्द्र मल्लबाट क्याचआउट हुनुअघि सन्दीपले ४२ रन बनाए।

उनले उच्च रन बनाउने क्रममा २० बलको सामना गर्दा ६ छक्का प्रहार गरे। त्यस्तै, आठौं नम्बरमा ब्याटिङ गर्न आएका सौरभ खनाल ४९ रनमा अविजित रहे। सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४ रन बनाउँदा विपिन खत्रीले ३२ रन जोडे।

Advertisement

४३ रन बनाउँदा पाँच विकेट गुमाएको काठमाडौंका लागि सौरभ, सन्दीप लामिछाने, सन्दीप रजाली, सिद्धान्त र विपिनले उत्कृष्ट प्रदर्शन गरेपछि मध्यम लक्ष्य दिएको हो। बलिङतर्फ सन्दन यादवले चार, रामनरेश गिरी र आरियो पौडेलले समान २–२ विकेट लिए।