November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोपा डेल रे फुटबल: फाइनलमा बार्सिलोना र एथ्लेटिक क्लबको प्रतिस्पर्धा

२०७७ फाल्गुन २१

2.3K

काठमाडौं– स्पेनिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक क्बलले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबार राति भएको खेलमा एथ्लेटिक क्लबले लेभान्टेलाई पराजित गर्दै फाइनलमा उपाधिका लागि बार्सिलोनासँगको भेट पक्का गरेको हो।

कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा लेभान्टेलाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो। यसअघि पहिलो लेगमा भने एथ्लेटिक क्लब र लेभान्टेले १–१ गोलको बराबरी खेलेका थिए। समग्रमा ३–२ ले जित निकाल्दै एथ्लेटिक क्बल फाइनलमा पुगेको हो।

दोस्रो लेगमा एथ्लेटिक क्लबका लागि राउल गार्सिया र एलेजान्ड्रो रेमिरोले गोल गरे। लेभान्टेका लागि रोजर मार्टीले गोल फर्काए। खेलको १७ औं मिनेटमा रोजर मार्टीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए। तर ३० औं मिनेटमा गार्सियाले गोल गर्दै एथ्लेटिक क्लबलाई १–१ गोलको बराबरी दिलाए।

Advertisement