November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सो द भ्वाइस अफ नेपालको तेस्रो संस्करण चैत ६ गतेदेखि

२०७७ फाल्गुन २०

2.9K

काठमाडाैं–फ्रेन्चाइज गायन रियालिटी सो द भ्वाइस अफ नेपालको तेस्रो संस्करण चैत ६ गतेदेखि प्रसारण हुने भएको छ। हरेक पटक महिला कोच परिवर्तन भइरहने रियालिटी सोमा यो पटक पनि गायिका तृष्णा गुरुङको कोचिङ हेर्न पाइनेछ।

हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ। कार्यक्रममा ४ जना कोच हुनेछन्। तृष्णाबाहेक अन्य कोच भने पुरानै रहेका छन् । जसमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन्।

रियालिटी सोकाे निर्देशन लक्ष्मण पौडेलले गर्दैछन्। यस पटकको सिजनमा पनि नेपाली बाहेकका अन्य भाषीले पनि सहभागिता जनाउन सक्नेछन्।

Advertisement