November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा बार्सिलोना

२०७७ फाल्गुन २०

5.2K

काठमाडौं– बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई ३–० गोलले पराजित गर्दै बार्सिलोना फाइनलमा पुगेको हो।

पहिलो लेगमा २–० ले हारेको बार्सिलोनाले दोस्रो लेगमा भने ३–० को जित निकाल्दै समग्रमा सेभियालाई ३–२ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो। घरेलु टिम बार्सिलोनाको जितमा ओसमान डेम्बेले, जिरार्ड पिके र मार्टिन ब्राथवइटले गोल गरे।

खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलले पछि परेको सेभियाका जोस एन्टोनियो रेयसले खेलको अन्तिम समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। योसँगै सेभिया १० खेलाडीमा झरेको थियो।

Advertisement

खेलको अन्तिम समयमा पिकेले गोल गरेपछि बार्सिलोनाले निर्धारित समयसम्म २–० गोलको अग्रता बनायो। योसँगै बार्सिलोना र सेभियाबीचको सेमिफाइनलको पहिलो लेग र दोस्रो लेग गरी समग्रमा २–२ गोलको बराबरी भयो। यसपछि ३० मिनेटको समय थप गरिएको थियो। खेलको ९५ औं मिनेटमा मार्टिनले गोल गरेपछि बार्सिलोनाले दोस्रो लेगमा ३–० को अग्रता बनायो।

खेलको १०३ औं मिनेटमा लुक डे योङले रातो कार्ड खाएसँगै सेभिया ९ खेलाडीमा झरेको थियो। बाँकी समयमा सेभियालाई रोक्दै बार्सिलोनाले समग्रमा ३–२ गोलको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।