April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धादिङमा घाइते महिलालाई जिउँदै पुरेर स्काभेटर अपरेटर फरार

२०७७ फाल्गुन १८

11.8K

काठमाडौं–धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टारमा एक महिलालाई जिउँदै पुरेर स्काभेटर अपरेटर फरार भएका छन् । सल्यानटारकी ४५ वर्षीया महिला सरस्वती कुमाललाई मृत अवस्थामा खाल्टो खनेर निकालिएपछि सो कुरा बाहिर आएको धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।

बाटो खन्ने क्रममा सुरुमा स्काभेटरले ठक्कर दिएर घाइते बनाएको र पछि खाल्टो खनेर पुरेको स्थानीयको आरोप रहेको एसपी खड्काले बताए । देख्ने मान्छे कोही नभएको र अपरेटरसमेत फरार रहेकाले घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको एसपी खड्काको भनाइ छ ।

जिउँदै महिलालाई पुरेको घटना बाहिरिएपछि हिजो सो क्षेत्र तनावग्रस्त भएको थियो । स्थानीयले स्काभेटरमा  तोडफाेड तथा आगजनीसमेत गरेका थिए । सल्यानटारस्थित इलाका प्रहरी कार्यालयको टोली र एसपी श्रेष्ठ आफैं घटनास्थल पुगेका थिए । अपरेटर भीमबहादुर बुढाथोकी भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement

एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएको स्थानीयको आरोप छ।