November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चेल्सी र युनाइटेडको बराबरी

२०७७ फाल्गुन १७

2.6K

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा घरेलु टिम चेल्सीले दोस्रो स्थानको युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको हो।

युनाइटेडविरुद्ध तुलनात्मक रुपमा घरेलु टिम चेल्सीले राम्रो खेल्यो। १८ पटक युनाइटेडको पोष्टमा प्रहार गरेको चेल्सीले गोल गर्न नसक्दा बराबरी खेलेको हो। 

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा पनि बराबरी खेल्दै अंक बाँडेको हो।

Advertisement

अर्को खेलमा भने टोटेनहमले बर्नलीलाई ४–० गोलअन्तरले पराजित गरेको छ। टोटेनहमको जितमा ग्यारेथ बेलले दुई गोल गर्दा ह्यारी केन र लुकास माउराले १–१ गोल थपे। दोस्रो मिनेटमा नै बेलले गोल गर्दै घरेलु टिम टोटेनहमलाई अग्रता दिलाए।

केनले १५ र लुकासले ३१ औं मिनेटमा गोल गरेपछि टोटेनहमले बर्नलीविरुद्ध पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको थियो। ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेलले टोटेनहमलाई ४–० को जित दिलाए।