काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले हराएको हो।
घरेलु टिम सेभियाविरुद्ध बार्सिलोनाको जितमा उस्मान डेम्बेले र कप्तान लियोनल मेस्सीले गोल गरे। पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।
खेलको २९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले सेभियालाई २–० गोलले हराएको हो।