काठमाडौं– इंग्लिस क्लब म्यानेचस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा जित निकालेको छ। सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखलाई २–० गोलअन्तरले पराजित गरेको हो।
बोरुसिया मोन्चेनग्लादबाख आफ्नै मैदानमा सिटीसँग हारेको हो। सिटीको जितमा बेर्नान्र्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको २९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० गोलको गोलको अग्रता दिलाए।
सुरुवातदेखि नै दबाबमा आएको बोरुसिया मोन्चेनग्लादबाखले दोस्रो हाफमा पनि दबाबमै खेल्यो। खेलको ६५ औं मिनेटमा गाब्रियलले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए।