November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल र चाईनिज ताइपेबीचको खेल स्थगित

3K

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपेबीचको खेल स्थगित भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार नेपाल र चाईनिज ताइपेबीच तय भएको खेल स्थगित भएको जनाएको छ ।

नेपालले आगामी मार्च २५ मा (चैत १२ गते) ताइपेसँग खेल्ने तालिका रहेको थियो । खेल दशरथ रंगशालामा हुने तालिका रहेको थियो । तर, कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित भएको हो ।

नेपालले अष्ट्रेलियासँगको खेल भने दशरथ रंगशालामा खेल्नेछ । नेपालले मार्च ३० मा (चैत १७ गते) अष्ट्रेलियासँग खेल्नेछ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

Advertisement

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।