November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पोर्टोसँग युभेन्टस र डोर्टमुन्डसँग सेभिया पराजित

2.4K

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा पोर्चुगिज क्लब पोर्टोले इटालियन क्लब युभेन्टसलाई २–१ ले हराएको छ। बुधबार राति नै भएको खेलमा जर्मन क्लब बोरुसिया डोर्टमुन्डले स्पेनिस क्लब सेभियालाई ३–२ ले हराएको छ।

युभेन्टसविरुद्ध खेलको दोस्रो मिनेटमा नै टारेमीले गोल गर्दै अग्रता दिलाएका थिए। मारेगाको गोलमा खेलको ४६औँ मिनेटमा पोर्टोले अग्रता दोहोरो बनाएको थियो। युभेन्टसका लागि चिएसाले एक गोल गरे।

यस्तै, सेभियाले बोरुसिया डोर्टमुन्डविरुद्ध खेलको सातौँ मिनेटमा बनाएको अग्रतालाई निरन्तरता दिन सकेन। सातौँ मिनेटमा फर्नान्डेजको गोलमा अग्रता बनाएको सेभिया १९औँ मिनेटमा गोल खान पुग्यो।

Advertisement

डोर्टमुन्डका डाहोदले गोल गरे। लगत्तै २७औँ र ४३औँ मिनेटमा डोर्टमुन्डका लागि हल्यान्डले दुई गोल गरे। ८४औँ मिनेटमा डि योङको गोलमा खेलमा फर्किए पनि त्यसपछि गोल हुन सकेन।