April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती अध्ययनका अनुसार कोरोनाको नयाँ स्वरूप ७० प्रतिशत प्राणघातक

4.3K

काठमाडौं – बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरूप अहिले विश्वका धेरै मुलुकहरूमा फैलिसकेको छ । यस्तो अवस्थामा बेलायती एक सरकारी अध्ययन टोलीले गरेको अध्ययनले यो भाइरस पुरानो भन्दा बढी प्राणघातक हुनसक्ने देखिएको छ ।

नेपालमा समेत बेलायती स्वरूपको कोरोना भाइरसबाट संक्रमण पुष्टि भइसकेको छ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरूको समूह(एनईआरभीटिएजी)ले नयाँ स्वरूपको भाइरस पुरानो भन्दा ३०  देखि ७० प्रतिशत बढी प्राणघातक हुनसक्ने निष्कर्ष निकालेको अन्तराष्ट्रिय संचार माध्यम अलजजिराले जनाएको हो ।
 
नयाँ श्वासप्रश्वास सम्बन्धी भाइरसहरूबारे अध्ययन, अन्वेषण एवं सल्लाहका लागि गठित यो समूहले गरेको अध्ययन शुक्रवार बेलायती सरकारी वेबसाइटमा प्रकाशित भएको थियो । अध्ययनले बेलायतका सकारी र प्राइभेट संस्थानबाट पुरानो भाइरसबाट संक्रमित र नयाँ स्वरूपबाट संक्रमित तथ्याङ्क विश्लेषण गरेको थियो ।
 
सो अनुसार नयाँ स्वरूपको भाइरस बढी प्राणघातकसँगै महिलाहरूका लागि पनि खतरनाक रहेको पाइएको छ । पुरानो स्वरूपबाट बढी संक्रमण हुनेमा पुरुष रहेका थिए ।

Advertisement