November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कैलालीमा अटो रिक्सा दुर्घटना हुदाँ चालकको मृत्यु

3.2K

कैलाली : कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे१ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। अटो रिक्सामा अन्य व्यक्तिहरु भने सवार नरहेको बुझिएको छ।

Advertisement