November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश, एमालेको सिट संख्या ७९ पुग्यो

1.5K

काठमाडौं । रौतहट २ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनलाई लाई एमालेमा भित्राएर एमालेको सिट सङ्ख्या बढाएका छन् ।

प्रतिनिधिसभा तर्फ कुल ७८ सिटमात्र ल्याएको एमालेले एक सिट थप्दै ७९ पुर्‍याएको छ । अध्यक्ष ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

साह रौटहट २ मा ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए ।

Advertisement