काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो कार्यकाल पूरा गरेका छन् । डिन थम्पसन नेपालका लागि नयाँ राजदूत हुनेछन् ।
उनले वासिङ्टन डिसीमा पद तथा गोपनीयताको शपथग्रहण गरेको बुझिएको छ । उनलाई राष्ट्रपति जो बाइडेनले गत मार्च २९ का दिन नेपालका लागि राजदूतमा नियुक्तिको लागि सिफारिस गरी अप्रिल ४ तारिखका दिन थम्पसनको नाम अनुमोदनको निम्ति सिनेटमा पठाइएको थियो ।
रेण्डी बेरीले भने स्वदेश फर्कने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका थिए । बेरीले नेपालमा ६ बर्ष विताएका छन् ।




