काटमाडौं । काठमाडौं बुढानीलकण्ठ नगरपालिका उपमेयरका उम्मेदवार अनिता लामा आवाजविहीनहरुको आवाज हुन् । उनले साहित्य र सामाजिक सेवामार्फत आवाजविहीनहरुको पक्षमा वकालत गर्दै आएकी आइरहेकी छन् । २०४६ सालदेखि राजनीतिको अनवरत यात्रामा रहेकी लामा यसपटक समृद्ध बुढानीलकण्ठ नगरपालिका बनाउने अभिभारा खोज्दै जनताको घरदैलोमा पुगिरहेकी छन् । चुनावी मैदानमा होमिएकी लामाले नगरलाई समृद्ध बनाउने १० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेकी छन् ।
स्नातकोत्तर उत्रीर्ण गरेकी अनिता लामाले नेकपा एमालेको टोल कमिटी सदस्यबाट राजनीति सुरु गरेकी हुन् । यसबीचमा उनी अखिल नेपाल महिला संघको वडा कमिटी सदस्य हुँदै संघको केन्द्रीय सदस्य बनिन् । युवा संघको केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भएर तीन कार्यकाल पुरा गरिन्, पार्टीको निर्वाचन क्षेत्र नं. ५ को क्षेत्रीय सदस्य हुँदै एमाले जिल्ला कमिटी सदस्य भइन् । युवा, महिला र पार्टी तीनै मोर्चामा रहेर उनले आफूलाई अब्बल सावित गरिन् । करिब ३४ वर्षदेखि पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेकी अनिताले पार्टी कामकै शिलशिलामा देश तथा विदेशमा दर्जनौँ कार्यक्रम तथा गोष्ठीमा भाग लिएकी छन् ।
बुढानीलकण्ठको विकास र यहाँको नागरिकको जीवनस्तरलाई माथि उकास्न अनिताको महत्वपूर्ण भूमिका रह्यो । विश्व सम्पदाको सुचीमा रहेको यस नगरको सडक कालोपत्रेदेखि ढल बनाउने कार्यमा अनिता आफैँ अग्रसर भएर लाग्ने गरेकी थिइन् । त्यतिमात्र नभएर कोरोना महामारीको समयमा संक्रमीत, रोगी बिरामीहरुको सेवामा अहोरात्र खटेकी थिइन् । भोकालाई भोजन बाँड्न आफैँ घरदैलोमा पुग्ने गरेकी थिइन् ।
लामा भन्छिन्, ‘पार्टी र बुढानीलकण्ठबासी नै मेरा परिवार हुन् ।’ यसअघि कुनै पदमा नहुँदा पनि जनताको सेवा गर्दै आएकी अनिताले अहिले पार्टीको तर्फबाट उम्मेदवारी दिएर अब प्रत्यक्ष रुपमा सेवामा लाग्ने अठोट गरेकी छन् । ‘नगरबासीको सेवाका लागि मैले धेरै काम गरिकी छु । बुढानीलकण्ठवासीको रोजाइँमा छु, चुनाव जित्ने पक्का छ’, उनी थप्छिन् ।
बुढानीलकण्ठबासीहरु उनैको पक्षमा देखिएका छन् । ‘बुढानीलकण्ठलाई चिनेकी अनिताले धेरै गर्नेछन् भन्ने हाम्रो विश्वास छ’, बुढानीलकण्ठका सुरेन्द्र खत्रीले भने, ‘यसपटक मेरो भोट यिनै नानीलाई हुनेछ ।’ बुढानीलकण्ठबासी उनको उम्मेदवारीले निकै उत्साहित रहेको देख्न सकिन्छ ।
‘हिजो महामारी आयो, भोकमरी लाग्यो, केही समस्या छ कि भन्दै अनिता आएकी थिइन् । आज उनी हाम्रो अभिभावक बन्न लागेको देख्दा खुशी लाग्यो। यो पटकको भोट अनितालाई नै दिनेछु म त । भए अरुलाई पनि मैलै त्यसैगरी भन्ने छु’, बुढानीलकण्ठकी लक्ष्मी न्यौपानेले भनिन् ।
एमाले पार्टीको गढको रुपमा चिनिने बुढानीलकण्ठ बनाउनमा लामोको पनि महत्वपूर्ण योगदान रहेको छ । यसअघि पनि एमालेले नेतृत्व पाएको बुढानीलकण्ठ नगरले विकास निर्माणका बलियो जग बसालिसकेको छ । अब समृद्ध बुढानीलकण्ठ बनाउन स्पष्ट योजनासहित दुरदृष्टि भएकी अनिता लामाको प्रत्यक्ष उपस्थितिले महत्वपूर्ण अर्थ राख्ने भएकोले जनता पनि यस्तै नेतृत्वको खोजिमा देखिन्छन् । त्यसलाई लामाले खड्कीन नदिनेमा दुई मत नरहला ।
लामा सहितको टिमको बूढानिलकण्ठ नगर बनाउने १० बुँदे प्रतिवद्धता यस्तो छ:
१. सुशासनमा जोड, भ्रष्टाचार निर्मूल
२. अनलाइन बेस, पेपर लेस स् सहज सेवा प्रभावकारिता
३. उद्यमशीलता र रोजगार, कृषि तथा सहकारी आधार
४. स्थानीय कला, संस्कृति, सभ्यता स् हाम्रो पूँजी र सौन्दर्यता
५. लैँगिक समानता, विभेदलाई निषेध स् युवाहरु विशेष
६. शिक्षाको घाम, पर्यावरण जोगाम्
७. पर्यटन बजार, सुलभ स्वास्थ्य स् शान्ति सुव्यवस्था
८. विपदमा राहत, गरिबी विरुद्ध संघर्ष
९. हिँसामुक्त समाज, परिवर्तनका आवाज
१०. सरल जनप्रतिनिधि, जनता हाम्रो निधि