भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने
काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । भारतीय दुतावासले शनिबार विज्ञप्ति निकाल्दै नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ ।’...