भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।
बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका छन् ।
एकदिने भ्रमणका आएका मोदीको करिब ८ घण्टा लुम्बिनीमा बिताउने छन् । मोदी १२: २० परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुनेछन ।
त्यसलगत्तै उनी २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।