संविधानको रक्षा गर्ने अभियान सफल भयो, देउवालाई बधाई : रामचन्द्र पौडेल
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले संविधानको रक्षा गर्ने आफूहरूको अभियान सफल भएको टिप्पणी गरेका छन्। सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि पाैडेलले संविधान र संसद्लाई दुर्घटनामा लैजाने प्रयास असफल भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै पाैडेलले सुनुवाइमा संलग्न सर्वाेच्च अदालतका न्यायाधीशलाई धन्यवाद र देउवालाई...