November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मुनवीम एकेडेमीले चुम्यो दोस्रो एस.इ.इ.कपको उपाधी

1K

फुटबल प्रतिष्ठामुखी हैन प्रतिफलमुखी हुनुपर्छ: संरक्षक नदी राई

सुनसरी । अर्को संस्करणमा भेट्ने वाचाका साथ यो वर्षको एसइई कप एभरेस्ट फुटबल क्लबको टेकाने खेल मैदानमा हिजो सम्पन्न भएको छ ।

स्काइ फुटबल एकेडेमीले आयोजनामा गरेकोको प्रतियोगिताको उपाधी भने मुन विम एकेडेमी बराहक्षेत्र–५ ले चुमेको छ । हिजो भएको रोमाञ्चक र ज्वालामुखी स्कुल धरानबिच भएको खेलमा मुनवीमले सडनडेथमा ज्वालामुखीलाई पराजित गर्दै सो उपाधी चुमेको हो । निर्धारित खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउट्मा पुगेको थियो ।

Advertisement

पेनाल्टी सुटआउट पनि ४–४ को बराबरी भएपछी खेल सडन डेथमा धकेलिएको थियो जहाँ मुनवीम एकेडेमीले बाजि मार्न सफल भएको थियो । मुनवीम एकेडेमीले गत वर्षको च्याम्पियन पुलिस स्कुल, धरानलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए भने ज्वालामुखी मा.वि.ले कोसी मा.वि.लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

यस्तै विधागत पुरस्कार तर्फ योङ्ग प्लेयर स्काइ स्कुलका एन्जेल राई,वेस्ट डिफिन्डर मुनविमका शुभ श्रेष्ठ,उत्कृष्ट गोलकिप्पर मुनविमका संगम बस्नेत,वेस्ट मिडफिल्डर ज्वालामुखीका सुदेश कार्की, वेस्ट फर्डवाड मुन विमका जेम्स राई, हाइ स्कोरर कोशीमा विका अनमोल घिमिरे, वेस्ट प्लियर मुन विमका हिमांशु थापा घोषित भए ।

सबै ट्रफि विजेताले प्रतियोगिताका प्रायोजक मुन विम एकेडेमीका तर्फबाट कक्षा ११ अध्ययन गर्न ७५% स्कलरसिप र चुला रेस्ट्रोमा ५०० बराबरको खाजा प्राप्त गरेका छन् ।

उपाधी विजेता प्रतियोगितामा विजेता टिमले नगद ३० हजार ३ सय ३५ सहित ट्रफि र उपविजेता टिमले १५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि प्राप्त गरेका छन्।

यस्तै कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै स्काइ फुटबल एकेडेमीका सङ्रक्षक नदी राईले अबको फुटबल प्रतिष्ठासङ्ग मात्र जोडेरमात्र हुन्न प्रतिफलमुखी हुनु पर्ने बताए । साथै एस.इ.इ. कप एस.इ.इ. परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई व्यस्त राख्न र फुटबलप्रतिको आकर्षण बढाउन आयोजना गरेको बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नवीन राईले फुटबल कहि कतै हराएको जस्तो, के के नमिलेको जस्तो लाग्दै गर्दा मोफसलमा हुने यस्ता अनेकखाले प्रतियोगिताले फुटबल सकृय छ भन्ने भान दिएको बताए ।

कार्यक्रमलाई चासुम राईले सञ्चालन गरेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष एकेडेमीका संयोजक सुमन कार्की रहेका थिए ।

तस्बिरः गोलनेपाल डटकम