April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपाल र बंगालादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउदै काठमाडौं महानगर

२०८१ कार्तिक १४

545

काठमाडौं । काठमाडाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप)को प्रत्यक्ष प्रसारण गर्ने भएको छ । साँझ ६ः३० मा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न काठमाडौंका टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)बाट प्रत्यक्ष प्रसारण गर्न लागेको महानगरले जानकारी दिएको छ ।

नेपाली टिमलाई हौसलका साथ प्रतिस्पर्धामा उत्रन प्रोत्साहित गर्दै यस्तो व्यवस्था गरेको बताउदै महानगरको सूचनामा भनिएको छ, ‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ ।’

महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा गएर फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।

Advertisement