March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

ओलम्पिक पदक विजेता पलेशा उपराष्ट्रपतिद्वारा सम्मानित

750

काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि पहिलो पटक कास्यपदक विजेता पलेशा गोवर्धनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरेका छन् । 

सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा गोवर्धनलाई सम्मान गर्दै उपराष्ट्रपति यादवले पलेशाले देशको नाम उच्च राखेकामा सम्पूर्ण नेपाली खुसी भएका बताए ।

उनले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ । यो ऐतिहासिक सफलता उहाँको अथक परिश्रम, दृढ सङ्कल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको हो । यसका लागि पलेशालाई हार्दिक बधाइ तथा यो अद्वितीय उपलब्धि र सफलतामा महत्वपूर्ण योगदान दिने सम्पूर्ण सहयोगी, मन्त्रालय, प्रशिक्षक, खेल पदाधिकारीसहित सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद छ ।’

Advertisement

पलेशाको अतुलनीय योगदानले सिङ्गो नेपाल र नेपाली समाजलाई असीम गर्वको सुखानुभूति गराएको उपराष्ट्रपति यादवले बताए । पलेशाको सफलता उनको मात्र नभई सिङ्गो मुलुकको सफलता भएको उनको भनाइ छ ।