April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एसिसी महिला एसिया कप: भारतद्धारा नेपाललाई १ सय ७९ रनको लक्ष्य

790

काठमाडौं । एसिसी महिला एसिया कपमा भारतले नेपाललाई १ सय ७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन हो ।

भारतका लागि ओपनर सफाली वर्माले ८१ रन बनाइन् भने अर्की ओपनर दयालन हेमलत्ताले ४७ रन बनाइन्। उनीहरुले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए । त्यस्तै जेमिमा रोड्रिग्वेजले २८ रन बनाइन। नेपालका लागि सिता राना मगरले २ विकेट लिंदा कविता जोशीले १ विकेट लिएकी थिइन्।

समूहमा भारत र पाकिस्तानको समान ४–४ अंक रहेको छ । आफ्नो अन्तिम खेलमा पाकिसस्तानले युएइलाई १० विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ। नेपाल भारतसँग साँघुरो जित निकालेपनि सेमिफाइनल पुग्न पर्याप्त हुने छैन्।

Advertisement

युएई भने सबै तीन खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरियो। मंगलबार भएको दिनको पहिलो खेलमा युएइले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले ३५ बल बाँकी हुँदै विकेट नगुमाइ पुरा गरेको थियो।

नेपालले अब सेमिफाइनल पुग्न साविक विजेता भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने चुनौती रहने छ। भारतले भने नेपाललाई हराए समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्ने छ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध ९ विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो। तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ। एसियाकपको पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो।