April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मलेसिया र नेपालबीच आज मैत्रीपूर्ण अभ्यास फुटबल खेल हुँदै

1.2K

क्वालालम्पुर । मलेसियाली फुटबल टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच आज मैत्रीपूर्ण अभ्यास फुटबल खेल हुँदैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीका लागि मलेसियामा दुईदेश विच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

खेलका लागि नेपाली टोली बुधवार नै मलेसिया आईपुगेको छ । खेल स्थानीय समयअनुसार १० बजे शाहआलममा अवस्थित युआइटिएम स्टेडियम, शाह अलाम स्लाङ्गोरमा सुरु हुनेछ ।

एन्फाका अनुसार मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि नेपाल विश्वकप छनोट खेल्न बहराइन जाने छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

Advertisement

मलेसिया र नेपालबीचको खेल स्टेडियममा बन्द खेल मैदानभित्र हुने निर्णय गरिएको जनाइएको छ । तसर्थ सो खेल हुने स्टेडियममा कुनै पनि नेपाली लगायत दर्शकले प्रवेश पाउने छैन ।