January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

प्रथम गैँडाकोट हाफ म्याराथन-२०८० को उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायालाई

1K

काठमाडौं । प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले पाएका छन् । उनले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गरेका हुन् । विजयी भएसँगै उनले १ लाख पुरस्कार हात पारे ।

त्यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी कल्बकै नरेन्द्र सिंह राउतले लिन सफल भएका छन् । उनले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पारेका हुन्।

त्यस्तै तेस्रो स्थान धापाखेल काठमाडौंका अजित कुमार यादवले सफलता साथ लिए । उनले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गरे । विजयी भएसँगै उनलेनगद २५ हजार पुरस्कार लिन सफल भए ।

Advertisement

महिलातर्फ एपिएफका सिमा चौधरी प्रथम भएकि छिन् । उनले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गरेकी थिइन् । उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरेकाे छ ।

क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको हाे।  उक्त खेलमा ५ किलोमिटर विद्यार्थी मैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम भए । उनले निर्धारित दुरी १५ मिनेट १९ सेकेण्डमा पुरा गरे । विजयी भएसँगै उनले १०नगद हजार पुरस्कार समेत पाए ।

तनहुँ रिसिङका अमृत विकले १५ मिनेट ३६ सेकेण्डमा पुरा गरी दोस्रो भए । उनले ५ हजार पुरस्कार पाए । काठमाडौँ चन्द्रागिरीका अनुज महत तेस्रो भए । १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गरी उनले नगद ३ हजार पुरस्कार पाए ।भने प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता भएका थिए ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८० मा २१ किलोमिटरका लागि २८ महिलासहित २५० जनाले नाम लेखाएका थिए भने ५ किलोमिटरको विद्यार्थीतर्फ १८० जनाले नाम लेखाएको संयोजक आदर्श सिग्देलले बताए।  

विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले ‘नेपाली पन, नेपाली मन र नेपाली धन’ सहित भन्ने नारासहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताए । स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको बताउँदै हरेक वर्ष पौष १५ गतेका दिन प्रतियोगिता गरिने उनले बताए ।

गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय परिवारको कामको प्रशंसासमेत गरे । विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथुन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताए ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा लसमेत यस खालका कार्यक्रमलाई निरन्तरता गनुपछ उनकाे दाबी छ ।

भेट्रान धावक बुद्धविर लामाले आर्थिक रुपमा ठूला भार पर्ने भएपनि आयोजकको यसखालको प्रयासले धावकहरुमा उत्साह थपिने बताए ।  गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी स्वागत गर्नुका साथै धावकलाई हौसला प्रदान गरेका थिए ।

५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक खटाइएको थिए ।

गैँडाकोट ५ विजय सामुदायिक शिक्षा सदनबाट सुरु भएको दौड गैँडाकोट ८ विजय विकास स्रोत केन्द्रलाई देब्रे पार्दै नन्दन वन, भानु चोक, गैँडाकोट ७ गैरी, जयश्री पुल, गैँडाकोट ९ थुम्सीबाट जयश्री फुड्सबाट गैँडाकोट ७ टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाकोट ६ गैँडाचोक, गैँडाकोट ५ नारायणी नदी किनार, गैँडाकोट २ इलाका प्रहरी कार्यालयहुदैं शिलान्यास चोक, गैँडाकोट १ विकास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदीबाट मिलनचोक हुँदै गैँडाकोट ४ कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, गैँडाकोट ५ काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदन पुगेको हाे ।