काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । नेपाललाई यूएईले ४–० ले हराएको हो ।
बिहीबार राति दुबईको अल मक्तुम स्टेडियममा भएको खेलमा यूएईका अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो लिमाले एक–एक र अलि गोल गरे ।
नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो । अल्हाम्माडीले अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै यूएईको खाता खोलेका थिए भने ३६ औं मिनेटमा कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टीमा दोस्रो गोल गरेका उनले नै यूएईबाट तेस्रो गोल गरे । पेनाल्टी बक्सभित्र दुई जनाले हेडमार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्याप्दै गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा लिमाले गोल गर्दै पहिलो हाफसम्म यूएईलाई ४–० ले अग्रतामा राखे । उनले पेनाल्टी बक्सभित्र चिप गर्दै गोल गरे ।