काठमाडौं। टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली महिला टिमले हङकङलाई ५७ रनको लक्ष दिएको छ । चार देश सम्मिलित खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय गरेको नेपाली महिला टिमले जितको लागि हङकङ सामु ५७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालले लगातार विकेट गुमाउँदै १८ ओभरमा अलआउट हुँदै ५६ रन जोड्यो । खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाएको नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक २५ र ओपनर सीता रानामगरले ९ रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याटरले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।
रुविनाले ३० बलको सामना गर्दै ३ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । नेपालले सुरुवातको २ ओभरमा मात्रै ५ रन जोड्दा ४ विकेट गुमाएको थियो । भने थप २० रन जोड्दा बाँकी ३ विकेट गुमेको थियो ।
बुधबार भएको पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ । आजको खेलमा पराजित भए नेपालले एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छ भने आयोजक हङकङ र तान्जिनिया फाइनलमा प्रवेश गर्नेछन् ।