April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टी–२० सिरिजअन्तर्गतको खेलमा नेपालले आज हङकङसँग खेल्दै

२०८० कार्तिक ३०

1.2K

काठमाडौं । टी–२० सिरिजअन्तर्गतको खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । चार देश सम्मिलित
खेलमा नेपालले आफ्नो दोस्रो खेल हङकङसित खेल्न लागेको हो । खेल बिहान ११:४५ बजे सुरु हुने छ ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बसधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ ।

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरीयतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ ।

Advertisement

नेपालले समूह चरणको अन्तिम खेल आगामी मंसिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।