April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइसिसी महिला टी–ट्वान्टी: थाइल्यान्डद्वारा नेपाललाई १०६ रनको लक्ष

1.3K

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डविरूद्धको सेमिफाइनल  खेलमा नेपालले १०६ रनको लक्ष्य पाएको छ। मलेसियाको कलालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभर खेल्दै २ विकेटको क्षतिमा १०५ रन बनाएको छ।

थाइल्यान्डका लागि  नन्नापट खोन्चरोन्कइले अर्धशतक प्रहार गरिन्। उनले ६३ बलमा ४ चौकाको मद्दतबाट अविजित ५९ रनको योगदान गरिन्।

नात्थकन चन्थले ३१ रन बनाउन ४५ बल खेल्दै २ चौका प्रहार गरिन्। ओपनर सुवानन खियटो २ रन बनाएर आउट भइन् भने चनिदा सुथिरूआङले नट आउट ११ रन बनाइन्।

Advertisement

नेपालकी कविता कुँवर र पुजा महतोले एक/एक विकेट लिए।  

यो खेलमा जित हात पार्न सके नेपाल महिला टी-२० विश्वकप छनोटमा पुग्नेछ। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्ने प्रावधान छ।