April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनएफसी मान्तिन मलेसियाद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिता सम्पन्न

2K

क्वालालम्पुर । एनएफसी मान्तिन मलेसियाद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ‘राष्ट्र र राष्ट्रियताको लागि खेलकुद’ नाराको साथ २९ जुनमा सम्पन्न खेलको विजेता आरटी एफसी भएको छ ।

प्रतियोगितामा नकआउटका चरणमा आरटी एफसीले बातु केभ फुटबल क्लबलाई ४-० गोल अन्तरले क्वाटर फाईनल प्रवेश गरेको थियो । क्वाटर फाईनलमा आरटी एपसीले सेरेम्बान फुटबल क्लबलाई ४-० जित हासिल गरेको थियो ।

सेमिफाइनलमा आरटी एफसीले एमएमसी फुटबल क्लब संग प्रतिस्पर्धी खेल खेलेको थियो । फुल टाइमको खेलमा १-१ गोल गरे पछि खेल पेनाल्टी सुटआटबाट एमएमसी फुटबल क्लबले ४ गोल र आरटि एफसी ले ५ गोल गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

Advertisement

फाइनलमा ग्रामिन एफसी बिरुद्ध ४-० गोल गर्दै आरटी एफसी विजेता बनेको हो । आरटी एफसीले ५ हजार रिंगेट नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

टिमको सबै खेलाडीहरुको कडा मेहनतको कारण विजेता बन्न सफल भएको बताउदै आरटी एफसीका फाउन्डर राजु तामाङले खेलाडीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।