विराटनगरन। सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सङ्खट टेनिस संघको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता विराटनगरमा सुरु भएको हो ।
पाँच विधामा गराइने प्रतियोगिताको पहिलो दिन बुधबार महिला एकतर्फ ४ जना र पुरुष एकलतर्फ १५ जना प्रि क्वाटर फाइनलमा प्रवेश गरेका छन् । पहिलो खेल पार गरेर प्रि क्वाटर फाइनलमा प्रवेश गर्ने महिलामा कोशी प्रदेशबाट श्रेया राई, बागमतीबाट जर्जिया चौधरी, लुम्बीनीबाट बिमला मन्थी र ऋषिका चौधरी छन् ।
वर्षाका कारण पहिलो दिनको महिलाको तीन वटा खेल रोकिएको छ । लुम्बीनीका रोशन केसी, र सुमन लामा, कोशीका आशिष बोहरा, र आभाष बुढाथोकी, सशस्त्रका राजेन्द्र श्रेष्ठ, भिमबहादुर मगर र सुमन लामा बिजयी भएर प्रि क्वाटर फाइनलमा पुगेका छन् ।
वाई पाएर प्रि क्वाटर फाइनलमा कोशीका युकेश योन्जन, आशिष ढकाल, लुम्बीनीका सुरज चौधरी, सशस्त्रका कमल भण्डारी, बागमतीका प्रदीप खत्री, निर्मल स्थापित र ब्रीजेश पाण्डे पुगेका छन् ।
राष्ट्रिय बिजेतालाई सिधै प्रि क्वाटर फाइनलमा लाने आयोजकको रणनीति छ । महिला तर्फबाट सशस्त्र प्रहरीकी समृद्धी महर्जन खेलमा सहभागि हुन सकिनन् ।
आयोजकले सात प्रदेश र तीन विभागीय टोलीलाई आमन्त्रण गरेपनि नेपाली सेना र प्रहरी तथा मधेस प्रदेश र कर्णाली प्रदेश सहभागि भएन । विराटनगरको शहिद रंगशाला र विराटनगर जुट मिल्स परिसरमा रहेको कोर्टमा प्रतियोगिता संचालन हुँदैछ ।
प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्रीद्धय मुकेश श्रीवास्तव र आनन्दप्रसाद श्रेष्ठ, राष्ट्रिय रेफ्रीहरु राजेश लामीछाने रेखा दुलाल, सन्तोष कर्माचार्य र धर्मपाल श्रेष्ठ निर्णायकको भूमिकामा छन् ।
प्रतियोगिताको विभिन्न विधामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुईलाई १०/१० हजार रुपैंया नगद पुरस्कार र मेडल राखिएको छ ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच गरेका थिए । प्रतियोगिता १६ गते समापन हुने बताइएको छ ।