क्वालालम्पुर । चौथो जेन्युन एसियन ओपन ईन्टरनेसनल तेक्वान्दो च्याम्पियनशिप-२०२३ मा नेपालले १९ पदक हात पारेको छ । मलेसियाको साउथ सिटी प्लाजामा संचालन भएको प्रतियोगितामा नेपालले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक आफ्नो पोल्टामा पारेको हो ।
खेलमा जतिन महर्जनले फाइटिङ र पुम्सेमा स्वर्ण पदक जिते भने गणेश रोक्का मगरले पुम्से र डबल फ्रन्टकिकमा, छिरिङ गोलेले पुम्से, सम्साद सेखले ब्यककिक, सन्तोष भट्टले फाइटिङ, अविशेक गौतमले फाइटिङ, आयुसमा महतोले फाइटिङ र शिव हरी बुढाथोकीले फाइटिङमा जिते ।
यस्तै, अप्तार अलामले फाइटिङमा, जैनव खातुनले पुम्सेमा, प्रेम बहादुर रानाले फ्रन्टकिक, ब्याककिक र पन्चमा साथै अविशेक गौतमले पुम्सेमा रजत पदक जितेका छन् ।
कास्य पदक जित्ने ३ जनमा प्रेम बहादुर राना पुम्सेबाट, जतिन महर्जन ब्याककिकबाट र गणेश रोक्का मगर पन्चबाट रहेका छन् ।
२३ जुनमा सुरु भई ३ दिन संचालन हुने यश प्रतियोगितामा नेपालको खेल सकिएको छ ।