April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वेस्ट इन्डिजसँग नेपालको नमीठो पराजय

1.7K

काठमाडौं। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाल दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ। यो नेपालको दोस्रो हार हो । 

पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

अब नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।नेदरल्यान्ड्सलाई पराजित गर्न सके नेपालको सुपर सिक्स सम्भावना हुनेछ। 

Advertisement

वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा २३८ रनमा अलआउट भयो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६३ रन जोड्ने क्रममा ९३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। करण केसीले २७ बलमा ४ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए।

नेपालका ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अल्जारी जोसेफबाट ५ रनमा बोल्ड भए भने भीम सार्की जासन होल्डरको बलमा २ रनमा क्याच भए। आसिफ शेख २८ रनमा आउट भए। उनले ३६ बलमा ३ चौका हिर्काए। 

यस्तै, कप्तान रोहित पौडेल ३० रन, कुशल मल्ल २ रन र दीपेन्द्रसिंह २३ रन बनाएर आउट भए। गुल्सन झा ४२ रन बनाएर आउट भए। सन्दीप लामिछानेले १ रन मात्र जोड्न सके।

बलिङमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।