April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आईसीसी विश्वकप छनोट: नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

1.6K

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा आज नेपालले वेष्ट इण्डिजसँग खेल्दैछ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा हुने खेलका लागि नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेपछि वेष्ट इन्डिजले ब्याटिङ गर्दैछ । खेल नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ ।

यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्योहोरेको नेपालले पहिलोपटक विश्वकप क्रिकेट विजेतासँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो ।
पहिलो खेलमा घरेलु टोली जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा राम्रो गर्न नसक्दा पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई भने हराएको थियो । आजको खेलपछि नेपालले २४ जुनमा (असार ९) मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

Advertisement

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

खेलका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।