November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आईसीसी विश्वकप छनोट: दोस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्ने

2.1K

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्ने योजनामा छ । उता, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित अमेरिका पनि पहिलो जितको खोजीमा हुनेछ । 

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । 

Advertisement

प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।