November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालले आज नेदरल्याण्डसँग दोस्रो अभ्यास खेल खेल्दै

1.7K

काठमाडौं। आईसीसी एक दिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । दक्षिण अफ्रिकामा भएको पहिलो एक दिवसीय अभ्यास खेलको
पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

गत बिहीबार भएको दक्षिण अफ्रिकामा भएको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्यान्डलाई नेपालले पराजित गरेको थियो ।

जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ ।

Advertisement

नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।

नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।

विश्वकप छनोटका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो रहेका छन्।