April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विश्वकप छनोट: पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित

2.2K

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका रहेको नेपाली टिम पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । बिहीबार भएको अभ्यास खेलमा नेपाललाई स्कटल्यान्डले ७ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३६ रनको लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेट क्षतिमा पूरा ग¥यो । उसका लागि बी म्याकमुलेमले नटआउट ५९ रन र जर्ज मुन्सीले नटआउट ४३ रन जोडे ।

बलिङमा नेपालका करण केसी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा १३५ रनमा अलआउट भयो ।

Advertisement

नेपालका ओपनरद्वय कुशल भुर्तेल १६ रन र आसिफ शेख २८ रनमा आउट भए । भीम सार्की ८ रन, ज्ञानेन्द्र मल्ल ७ रन र कप्तान रोहित पौडेल ० मा आउट भए । कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । आरिफ शेख ५ रन, गुल्शन झा ५ रन र सोमपाल कामी ३ रनमा आउट हुँदा करण केसी ४८ रन बनाए । बलिङमा स्कटल्यान्डका बी म्याकमुलेन र जे जर्भिसले ३–३ विकेट लिए ।

यसपछि नेपालले नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम एक सातादेखि दक्षिण अफ्रिकामा छ ।

विश्वकप छनोटका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो रहेका छन्।