April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘गोर्खा कप २०२२’ भव्य रुपमा सम्पन्न

3.7K

बेलायत। ‘गोर्खा कप २०२२’ भव्य रुपमा सम्पन्न भएको छ। बेलायतको अल्डर्सटस्थित कुईन्स इभिन्यूमा तमुधी युकेको आयोजना सम्पन्न उक्त कप बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत कप हो ।

२०औं संस्करण  गोर्खा कप २०२२ मा मुख्य टिम ३२, र भेट्रान टिम ८, र २ टिम महिला गरेर जम्मा ४२ टिमले सहभागिता जनाएका थिए । गोर्खा कपमा महिलाहरुले भाग लिएको यो पहिलो पटक हो ।

यस बर्ष मुख्य समुहतर्फ केन्ट FC विजेता बनेको छ भने राङभाङ समाज यूके रनर अप बन्न सफल भएका छन्।

Advertisement

त्यस्तै भेट्रान टिमतर्फ ब्रिगेड बोईज कलब (BBC) विजेता बन्न सफल भएको छ भने इलाम FC ले रनर अप बनेको छ ।

महिलातर्फको खेलमा मनोक्रान्ति टिम यूके समुह विजेता बन्न सफल भएको छ भने “म खेल्छु लेडिस FC” रनर अप बनेको छ ।

यस्तै, यस बर्ष मुख्य समूहतर्फ मेन अफ द म्याच तथा सर्वोउत्कृष्ट खेलाडी FC केन्टका इभान गुरुङ घोषित भएका छन् भने भेट्रानतर्फ मिलन राई र मुख्य समुहतर्फ प्रेम गुरुङ साथै भेट्रानतर्फका खुम गुरुङ घोषित भएका छन् ।

मुख्य समूह तर्फको ठेलोमा निरज गुरुङ विजयी तथा पहलमान बनेका छन् भने मान बहादुर गुरुङ रनर अप तथा दोस्रो पहलमान बन्न सफल भएका छन्। त्यस्तै भेट्रानतर्फको विनर श्याम गुरुङ बनेका छन् भने रनर अप आश बहादुर गुरुङ बनेका छन्।

यस्तै, महिलातर्फको फुटबल खेलमा सर्वोत्कृष्ट खेलाडी काजाले हात पारेकी छन् ।

गोर्खा कपका विजेता, रनरअप, मेन अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडी, बेस्ट म्यानेजरलगायत टिममा सहभागी खेलाडीहरू नगद, ट्रफी र प्रमाणपत्रद्वारा सम्मानित भएका छन्।

रसमुरबोरो काउन्सिलका मेयर जोन मार्शको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, मिलिटरी अत्याची रत्न बहादुर गोदार, ले कर्नेल टोल खाम्चा, ले कर्नेल देबिंद्र आले, अस्तन भिल्ला, महिला फुटबल खेलाडी अस्मिता आलेलगायत विशेष अतिथिको रुपमा उपस्थित थिए भने बेलायतमा स्थापित विभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङले अध्यक्षता गरेका थिए भने संस्थाको महासचिव परशुराम गुरुङले संचालन गरेका थिए । यस्तै गोर्खा कपका प्रमुख संयोजन क्याप्टेन देब घलेले स्वागत मन्तव्य दिएका थिए ।

गोर्खा कपमा तमुधी युकेका संस्थापक अध्यक्ष मिन गुरुङ, पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, बेलायतबासी पत्रकार, नेपाली तथा गैर नेपाली
सदस्यहरु, बेलायतबासी पत्रकार, नेपाली तथा गैर नेपाली , बुद्धिजीवी तथा प्रबुद्धबर्गलगायत पन्ध्र हजार सर्बसाधारण नेपालीहरु तथा गैर नेपालीहरुको उपस्थिति रहेको थियो ।