November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

महान फुटबल खेलाडी म्याराडोनाको अन्त्येष्टि

3.1K

एजेन्सी- विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित  चिहान घरमा अन्त्येष्टि गरिएको छ ।

बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरी २५/३० जना मानिस सह्रिक भएका थिए ।

उनको कफिन लगिँदै गर्दा भने ठूलो संख्यामा उनका फ्यानहरुले अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए । उनीहरुले म्याराडोनाको कफिन तर्फ चुम्बन गरेका थिए ।

Advertisement

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भीड अत्याधिक भएपछि प्रहरीले अश्रु ग्यास र रबर बुलेटसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको हो ।