November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हर्क साम्पाङकी आमालाई ‘मौलशोभा राई आमा सम्मान–२०८२’ प्रदान गरिने

1.3K

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई जन्म दिने आमा जसमाया राईलाई मैलशोभा राई आमा सम्मान २०८२ प्रदान गरिने भएको छ ।

मेयर साम्पाङले श्रम अभियान तथा सुशासनको माध्यमबाट नगर र देशमा पु¥याएको योगदानस्वरूप उनकी आमालाई सो सम्मान अर्पण गर्ने धोषणा भएको हो ।

उक्त सम्मानमा नगद ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

Advertisement

खोटाङ केपिलासगढी गाउँपालिका–२ की जसमाया राई हाल धरानमा बस्दै आएकी छन् ।

२०८२ श्रावण ९ गते गठित मैलशोभा राई आमा सम्मान २०८२ निर्णायक समितिले सम्मानका संस्थापक डा. पुरण राईको जन्म दिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी सो सम्मानको घोषणा गरेको हो । संस्थापक डा. राईको जन्म दिवसका अवसरमा हरेक वर्ष सो सम्मान प्रदान गरिंदै आएको छ ।

डा. चमा थुलुङ (सुकराज राई) अध्यक्ष रहेको निर्णायक समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी रहेका छन् । उक्त सम्मान घोषण कार्यक्रममा डा .धनप्रसाद सुवेदी, श्रीओम श्रेष्ठ रोदन, प्राडा विष्णु राई, खम्ब राई लगायतको उपस्थित रहेको थियो ।

भाषा, साहित्य, कला, समाज, संस्कृति, आर्थिक, राजनैतिक कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई जन्म दिन आमामध्ये एकजना आमालाई हरेक वर्ष ‘मौलशोभा राई आमा’ सम्मान प्रदान गरिँदै आएको छ । उक्त सम्मान संस्थापककी आमा, सम्मानित व्यक्तित्व, सम्मानित व्यक्तित्वको जन्म दिन तथा कुनै विशेष महिलासँग सम्बन्धित चाडपर्वको अवसर पारेर सम्मान अर्पण गर्ने प्रावधान राखिएको छ ।

मैलशोभा राई आमा सम्मान आमाको ‘कोखको सम्मान’ समेत भएकाले यस सम्मानले विशेष महत्व रहेको छ ।