January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

बाढीपहिरोद्वारा विस्थापित परिवारलाई किराँत याक्थुङ खापुङहाङ सङ्जुम्भोको सहयोग

सुजता लिम्बु
२०८१ आश्विन १८

600

विराटनगर । ईलामको माइ नगरपालिका–९ मालबासेमा बाढीपहिरोले विस्थापित भएका तीजना खापुङ परिवारलाई किराँत याक्थुङ खापुङहाङ सङ्जुम्भोले एक लाख ३२ हजार हस्तान्तरण गरेको छ ।

अविरल वर्षाका कारण गत भदौंमा इलामको माइ नगरपालिका ९, मालबासेमा बाढीपहिरोका कारण हर्कबहादुर खापुङ, सुरज खापुङ र प्रकाश खापुङको परिवार विस्थापित भएका थिए ।

विभिन्न दाताहरूले उपलब्ध गराएको रकमलाइ किरात याक्थुङ खापुङ्हाङ सङ्जुम्भोले समन्वय गरी प्रत्येक विस्थापित परिवारलाई जनही ४४ हजार वितरण गरिएको सङ्जुम्भोका केन्द्रीय अध्यक्ष सान्तबहादुर खापुङले जानकारी दिए ।

Advertisement

अध्यक्ष खापुङका अनुसार सङ्जुम्भोका केन्द्रीय अध्यक्ष सान्तबहादुर खापुङ, वरिष्ठ उपाध्यक्ष देवेन्द्र खापुङ, उपमहासचिवद्व्य इन्द्रकुमारी तेयुङ खापुङ, कृष्णप्रसाद खापुङ, पुर्व उपाध्यक्ष ओमप्रकाश खापुङ र स्थानीय समन्वयकर्ता पुर्ण खापुङको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

भिरले पुर्न खोजेको र तल माईखोलाले पनि पहिरो कटान गर्दै आएकोले उक्त परिवार अति जोखिममा रहेको र जोखिममुक्त स्थानमा सार्नु आवश्यक देखिएको संस्थाका केन्द्रिय उपाध्यक्ष देवेन्द्र खापुङले जानकारी दिए ।