March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

नेपाल मानव धर्म सेवा समितिद्वारा ५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

1.3K

काठमाण्डौं । ‘ज्ञान विज्ञानसँगैको मौलिकता, लक्ष्य हाम्रो शिक्षित बालबालिका’ भन्ने मुल नाराका साथमा नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी शिक्षा अभियान अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रम  २०८१ सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शुरु गरिएको अभियान अन्तर्गत समितिले देशका विभिन्न स्थानमा ५ हजार  बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । समितिले ४६ विद्यालयका आर्थिक विपन्नता भएका देशभरीका ५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

pinup pin up pin up pinup

शिक्षाको घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताइन् । 
शहरी क्षेत्रमा रहेका विद्यार्थीहरूबाट शैक्षिक सामग्री सङ्कलन गरी दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरूलाई वितरण गरिएको समितिका केन्द्रीय सङ्गठन उप सचिव सन्तोष पराजुलीले बताए ।

Advertisement

पराजुलीका अनुसार शहरमा भएका बालबालिकाहरूले शैक्षिक सामग्रीको अभावमा पढाई छोड्नुपर्ने बाध्यता छैन । तर दुर्गम क्षेत्रका कतिपय बालबालिकाहरू शैक्षिक सामग्री अभावकै कारण पढाई छोड्न बाध्य छन् । चाहे अनुसार आफ्नो पढाईलाई अगाडि बढाउन सकिरहेका छैनन् । यही अभाव पूरा गर्न समितिले शैक्षिक सामग्री वितरण गरिरहेको हो ।  

उनीहरूको पढाईलाई थोरै भए पनि सहयोग गर्नका साथै  उनीहरूको पढाइमा सहयोगी रातहरूको कमी छैन भन्ने सन्देश दिन बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको पनि समिति‌ अन्तर्गत रहेको युवा सङ्गठनका राष्ट्रिय संयोजक राजिव पौडेलले बताए । 

समितिले सन् २०१४ देखि नियमित रुपमा विभिन्न अवसर पारेर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।