November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चुम्लुङ स्थापना दिवसमा कोशी नामांकनविरुद्ध विशाल र्याली हुँदै

1.5K

ललितपुर । किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसर पारेर प्रदेशको नाम कोशी खारेजी माग राख्दै ललितपुरको जाउलाखेलमा विशाल र्याली गर्ने भएको छ ।

भदौ १७ गते किरात याक्थुङ चुम्लुङ स्थापना दिवस हो । ३५ औ स्थापना दिवस संघीय कार्य समितले १३ गतेदेखि तथा झापा जिल्ला कार्यसमितिले सप्ताहव्यापी रुपमा मनाइरहेको छ ।

२०७९ फाल्गुन १७ गते तात्त्कालिन एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ८२ जना संसदले हस्ताक्षेर गरी प्रदेश १ लाई कोशी प्रदेश नानाकरण गरे पछी पहिचान पक्षधरहरुले उक्त नाम खारेज गरि पहिचानको आधारमा पुनः नामङ्कन गर्नु पर्ने भन्दै निरन्तर आन्दोलन गर्दै आइरहेको छन्। जसमा किरात याक्थुङ चुम्लुङ पनि प्रदेश १, पुन ः नामाङ्कन संयुक्त सङघर्स समितिको एक घटक हो।

Advertisement

उक्त आन्दोलनको क्रममा चैत्र ५ गते बिराटनगरमा भएको बृहत जनप्रदर्शन हुदा प्रहरी संगको दोहोरो झडपमा पदम लिम्बु “लाजेहाङ” ले शाहदत प्राप्त गरेका थिए। त्यस्तै, प्रदेश १, पुन: नामाङ्कन संयुक्त सङघर्स समितिको अनुसार २५० भन्दा धेरै घाइते भएको जनाएको छ। सङघर्स समितिले प्रदेशको नाम कोशी खारेजी नभएसम्म निरन्तार आन्दोलन जारी राख्ने बताएको छ।

तस्बिरः फाइल