ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा बस्दै आएकी इलामकी एक महिला पाँच बर्षीय छोरासहित वेपत्ता भएकी छिन् ।
इलामको देउमाइ नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाइ–६ माइत भएकी ४० वर्षीया निर्मला(निरु) ढकाल सुवेदी चैत्र २३ गतेदेखि बेपत्ता भएको भाई संजिव ढकालले जानकारी दिए ।
निर्मलासँगै पाँच बर्षीय छोरा चेन्ज सुवेदी पनि सँगै वेपत्ता छन् । उनीहरु श्रीमान चेतमणि सुवेदीसहित इमाडोलको कृष्ण मन्दिर पछाडिको टोलमा बस्दै आएका थिए ।
‘दिदी चैत्र २३ गते साथीकोमा जान्छु भनी निस्कनु भएछ । अहिले सम्पर्क विहीन हुनुहुन्छ । मोबाइल पनि बोक्नुभएको छैन । कपडा पनि एकसरो मात्र लगाएर हिड्नुभएको रहेछ । हामी खोजतलासमा छौं । कसैले देख्नुभए खबर गरिदिनुहुन अनुरोध गर्दछौं,’ भाई संजिवले भने ।
परिवारका सदस्यहरुले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन् । आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।