April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

श्रीमती बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

1.1K

काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत थिए । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी हुन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने भएको छ ।

पत्नी आरती गिरी रावलले जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

Advertisement

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वती बोलाएर भेटेका थिए । राति पनि पार्वतीकै कोठामा बसेका थिए । आफ्नो मोबाइल खोसेर रातभर बन्धक बनाएको भन्दै पार्वतीले बिहान एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् । प्रहरीले पार्वतीकै कोठाबाट गिरीलाइ पक्राउ गरेको हो ।