April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

चिनियाँ टोली नेपाल आउँदा डेमोक्रेट युनियनका अध्यक्ष गौतम पक्राउ !

1.5K

काठमाडौं । नेपाल डेमोक्रेट युनियनका अध्यक्ष सिद्धार्थ गौतमलाई प्रहरी पक्राउ गरी अभद्र व्यवहार गरेको युनियनले वक्तब्य मार्फत जनाएको छ ।

चिनियाँ जनकाग्रेसको अध्यक्ष टोली नेपाल भ्रमण आएको समयमा काठमाडौंको महाराजगन्ज क्षेत्रमा हिंडिरहेको अवस्थामा अध्यक्ष गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको र चार दिनसम्म थुनामा राखी अभद्र व्यवहार गरी झुठा मुद्दा लगाइएको वक्तब्यमा जनाइएको छ ।

अध्यक्ष गौतम स्वयमले जारी गरेको विज्ञप्तिमा प्रहरीले अभद्र व्यवहार गरी छाडिएको भए पनि सिभिल प्रहरीले आफूलाई पछ्याई रहेको उल्लेख गरेका छन् ।

Advertisement

‘विदेशीको भ्रमणको वहानामा एक लोकतन्त्रवादी नेपाली नागरिकको मानवअधिकार, कानूनी अधिकार तथा संवैधानिक अधिकार माथि बन्देज लगाई गैह्रकानूनी थुनामा राखीएको कार्यले म पिडीत माथि घोर अन्याय भएको र त्रासदीपूर्ण वातावरणमा जीवन जिउनुपर्ने अवस्थाको श्रृजना हुनुले नेपाल ब्यक्तिपूजक भएको र कानूनी शासन भएको देश बन्न नसकेको प्रमाणीत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु चार दिने भ्रमण कार्यक्रमसहित गत सोमबार काठमाडौं आएका थिए । सोही समयमा अध्यक्ष गौतमलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रेस विज्ञप्ति
चिनियाँ जनकाग्रेसको अध्यक्ष टोली नेपाल भ्रमण आएको वहानमा क्भउतझदभच ज्ञद्द, द्दण्द्दद्दविहान ७ः३० बजे काठमाण्डौंको महाराजगंन्ज सडक किनारामा ःयचलष्लन ध्बपि हिंडीरहेको अवस्थामा मलाई पक्राउ गरी ४ दिन सम्म गैह्रकानूनी थुनामा राखी थुनालाई बैध बनाउन अभद्र ब्यवहारको झुठ्ठा मुद्दाको सहारा लिई छोडीएको र हालसम्म पनि सरकारका सिभिल प्रहरीले मलाई पछ्याईरहने गरेको सम्पूर्ण देश प्रेमी, लोकतन्त्र र मानव अधिकार पक्षधर नेपालीहरुमा जानकारी गराउँदछु ।
विदेशीको भ्रमणको वहानामा एक लोकतन्त्रवादी नेपाली नागरिकको मानवअधिकार, कानूनी अधिकार तथा संवैधानिक अधिकार माथि बन्देज लगाई गैह्रकानूनी थुनामा राखीएको कार्यले म पिडीत माथि घोर अन्याय भएको र त्रासदीपूर्ण वातावरणमा जीवन जिउनुपर्ने अवस्थाको श्रृजना हुनुले नेपाल ब्यक्तिपूजक भएको र कानूनी शासन भएको देश बन्न नसकेको प्रमाणीत गर्दछ ।
नेपालमा आफ्नो बर्चस्व कायम गर्न नेपाली नागरिकलाइनै विरोधको आवाज नउठाओस भन्ने उद्देश्यले विदेशीको ईशारा र विदेशीको हण्डी खाएको भरमा गरीने यस प्रकारको ज्यादती पूर्ण कार्यले नेपाल स्वतन्त्र देश नभई विदेशीको ईशारा र दवावमा परिचालित हुन्छ भनी विश्व सामु उदांगो हुने काम राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रताका लागी खतराजन्य छ । कुनैपनि मुलुकको प्रतिनिधिको भ्रमणमा नागरिकको सहमती असहमती, अभिव्यक्ति हुनु, आउनु स्वभाविक हो । संबैधानिक हकको प्रयोगमाथि अन्य लोकतान्त्रिक मुलुकको प्रतिनिधि आउँदा बन्देज लगाउन नपर्ने तर चिनियाँ कम्युनिष्ट प्रतिनिधि, राष्ट्र प्रमुख आउँदा देशका मानवअधिकार र लोकतन्त्रका पक्षधरलाई नजरबन्देज लगाउने, थुनामा राख्ने जस्ता कार्यले यो देशको गृह प्रशासन चिनियाँ कम्युनिष्टहरुको इच्छामा परिचालित छ भन्ने स्पष्ट छ । अव आईन्दा यस्तो कार्य नहोस भनी कडा अपील गर्दछु ।
यसरी कसैको इशारामा गरिने बन्देज प्रति मेरो पूर्ण असहमती, विरोध छ रहिरहनेछ भन्दै सम्पूर्ण नेपाली नागरिक लोकतन्त्रवादी संघ–संस्थाहरुलाई यस्ता कार्यको विरोध गर्न आब्हान समेत गर्दछु ।

(सिद्धार्थ गौतम)
प्रेसिडेन्ट
मिति २०७९ । ०६ । १४