November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

दशैंमा घर जानेको लर्को : दशैंका लागि मात्र २० लाखले काठमाडौं छाड्ने अनुमान

2K

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन्  ।

सोमबार र मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए  । बुधबार पनि एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् ।

Advertisement

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ  ।

यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवस्था विभागले सोमबार देखि नै ‘रुट फ्री’ गरेको छ  । यस अवधिमा जुनसुकै यात्रुवाहक बस जुनसुकै रुटमा गुड्न पाउनेछन् । यसपटक दशैंको बेला झन्डै २० लाखले उपत्यका छाड्ने प्रहरीको आंकलन छ  ।