November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विश्वव्यापी कार्यक्रममा नेपालबाट ‘चट्याङ मास्टर’

2.9K

काठमाडौं । विश्वभर कार्यक्षेत्र बनाएर स्थापना भएको ‘स्वस्थ्य बुढ्यौली ५० कार्यक्रम’का लागि नेपालबाट कृष्णमुरारी गौतम(चट्याङ मास्टर) चयन भएका छन् । पाको उमेरमा स्वास्थ्य जीवन जिउन योग्य विश्व निर्माणको उद्देश्य लिएर विश्वभरिबाट ५० जनाको नेतृत्व टोली गठन गर्दा गौतम पनि चयन भएका हुन् ।

म्याड्रिड इन्टरनेशनल प्लान अफ एक्सन (मिप्पा)को २०औँ वार्षिक उत्सव तथा संयुक्त राष्ट्र सङ्घको स्वस्थ बुढ्यौली दशक कार्यक्रम (२०२१–२०३०)को दोस्रो वार्षिक उत्सवको अवसरमा उक्त नेतृत्व टोली गठन गरिएको हो।

विश्वका ५०० प्रतिस्पर्धी मध्यबाट छानिएका गौतम एजिङ नेपालको संस्थापक अध्यक्ष हुन । स्वस्थ बुढ्यौली ५० कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (आइयलओ), अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू), अन्तर्राष्ट्रिय मानव अधिकार आयोग (ओएचसिएचआर), संयुक्त राष्ट्र संघ आर्थिक र सामाजिक विभाग (युएनडेसा), विश्व आर्थिक फोरम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा गरिएको हो।

Advertisement

विश्व स्वास्थ्य सङ्घका महानिर्देशक, डा.टेड्रोस अधानोम गेब्रेयससको अनुसार यस कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य जीवन कायम राख्नका साथै सक्रिय बुढ्यौली जीवन बिताउन प्रभावकारी नीति तथा कार्यक्रम बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपालमा ६० बर्ष माथि उमेरका व्यक्तिहरुको संख्या २७ लाखको हाराहारीमा छ । जेष्ठ नागरिकको हक अधिकारका लागि गौतम निरन्तर क्रियाशील छन् ।