November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

व्याकुल माइलालाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने

2K

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता दिन लागेको छ । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई मासिक भत्ता दिनेबारे जानकारी गराएका हुन् ।

त्यस्तै,दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि भएको उनले बताए । एशियामा हुन लागेको तेस्रो प्रधानमन्त्रीस्तरीय कन्फरेन्समा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई स्वीकृति दिने निर्णय भएको छ भने राष्ट्रिय सतर्कता प्रहरी (तेस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरिएको छ ।

क्यानाडाको ओटावामा आगामी असोज १९ देखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई स्वीकृति दिने र वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आ।व। २०७९–८० का लागि राजपत्राङ्कित स्तरका पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने बताइएको छ ।

Advertisement