April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुई तेस्रोलिङ्गी महिलामाथि प्रहरीले ज्यादती गरेको भन्दै कारवाहीका लागि उजुरी

3.1K

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायमाथि दिनहुँ दमनका घट्ना बढेका छन् । विशेषगरी टोले गुन्डा र प्रहरी प्रशासनका प्रतिनिधिहरुले उनीहरुमाथि दमन गरिरहेको र कुटपीट गर्ने गरेको पीडितहरुको गुनासो छ । रात्रीकालिन ज्यालादारी गर्ने उक्त समूदायका व्यक्तिहरु बढी पीडित हुने गरेका छन् ।

साउन २४ गते अपरान्ह काठमाडौंको रत्नपार्क सडक पेटीमा हिडिरहेका दुई तेस्रो लिङ्गी महिला प्रहरीको ज्यादतीमा परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–४ भई काठमाडौं लाजिम्पाट बस्ने सुनिता लामा र रुपन्देहीको बुटवल उपनगरपालिका–४ भइ हाल काठमाडौंको रानीबारी बस्ने आइस्का मगरले आफूहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै उजुरी दिएका छन् ।

उनीहरुले जिल्ला प्रहरी परिसर टेकुमा साउन २५ गते डिउटीमा खटिएका प्रहरी बृत्त जनसेवाका सई वि.थापाले अपशब्द प्रयोग गर्दै कुटपीट गरेको भन्दै आवश्यक कारवाहीका लागि माग गरेका छन् । हामीलाई उपलब्ध निवेदनमा भनिएको छ,‘प्रहरीहरुले जात, लिङ्ग, बर्णको भेदभावको कुरा गरेकाले हामीहरुले किन यस्तो कुरा गर्नु भएको भन्दा निज प्रहरी झन आक्रोशमा आई विभिन्न अपशब्द प्रयोग गरी गाली गलोज गरी म तेस्रोलिङ्गी सुनिता लामा र आईस्का मगरलाई वि.थापा नामको सईले हातपात, कुटपिट समेत गरी सार्वजनिक स्थानमा हामी महिला बर्गको बेइज्जत हुने काम गरेकाले निज प्रहरीलाई कानूनी कारवाही गरीपाउँ ।’ तर उक्त गम्भीर घट्नाका बारेमा प्रशासनले चासो नदेखाएको पीडितहरुको गुनासो छ ।

Advertisement

पछिल्लो समय रात्रीकालिन व्यवसायमा खटिने यौनिक तथा लैङ्गिक समूदायका व्यक्तिहरुमाथि मानव अधिकार हननका घट्ना बढ्न थालेको भन्दै अधिकारका क्षेत्रमा क्रियाशील मितिनी नेपाल र नीलहिरा समाज नामक संस्थाहरुले आपत्ति जनाउँदै आएका छन् ।